दफा १५
स्थानीय ज्येष्ठ नागरिक समितिको गठन
(१) प्रत्येक स्थानीय तहमा ज्येष्ठ नागरिकको हेरविचार, स्याहारसुसार तथा सामाजिक सुरक्षा प्रदान गर्ने प्रयोजनको लागि स्थानीय तहले स्थानीय राजपत्रमा सूचना प्रकाशन गरी स्थानीय ज्येष्ठ नागरिक समिति गठन गर्न सक्नेछ ।
(२) स्थानीय ज्येष्ठ नागरिक समितिको बैठक तथा अन्य काम कारबाही सम्बन्धी व्यवस्था स्थानीय तहले निर्धारण गरे बमोजिम हुनेछ ।